Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिंचाइमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको बताएका छन्।
उहाँले आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नाका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने जनाउँदै मन्त्री पुनले विकास निर्माणको काम गर्न कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गर्नुभयो |
ठेकेदारले काम नगरेका कारण गालीचाहिँ प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था आएको बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij