Jun 04 2026 | २०८३, जेठ २१ गते
सपना बि.क
ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले आगामी फागुन २९ गते पर्ने फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, सभ्य, र अनुशासित रूपमा मनाउन सबैमा अनुरोध गरेको छ। प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा कसैको इच्छा विपरीत रंग दल्न, लोला हान्न, बाटो अवरुद्ध गर्न, सवारीसाधन रोक्न, अवाञ्छित गतिविधि गर्न, होहल्ला मच्चाउन तथा शान्ति सुरक्षामा अवरोध पुग्ने कुनै पनि कार्य गर्न नपाइने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेद्वारा जारी सूचनामा उल्लंघन भएमा आवश्यक कानूनी कारबाही गरिने उल्लेख गरिएको छ।
होली पर्व मर्यादित रूपमा मनाउन अनुरोध
प्रशासनले सबै नागरिकलाई सामाजिक सद्भभाव कायम राख्दै, भद्र र अनुशासित रूपमा होली पर्व मनाउन अनुरोध गरेको छ। साथै, कुनै पनि अप्रिय घटना भएमा स्थानीय प्रशासन र सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।
शान्ति सुरक्षाका लागि प्रशासन सतर्क
होली पर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायहरूले विशेष निगरानी गर्ने तथा शान्ति सुरक्षामा खलल पार्ने गतिविधि भएमा कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij