Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

ब्राण्डको नक्कल गर्दै बदमासी !

ब्राण्डको नक्कल गर्दै बदमासी !

  • काठमाडौं । तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ। नागार्जुन नगरपालिकाका खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिकामा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिकाकी कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुनका मुकेश सिंहले सञ्चालन गरेको श्री गढिमाई प्याकेजिङ उद्योग गोदाममा छापा मारिएको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले तीन वटा गोदाममा छापा मारेको हो । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारिएको हो।

    images

    ती उद्योगले विभागबाट कुनै पनि अनुमति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएकोले तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij