Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् । गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन् ।
‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,’ अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ, वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
आज बिहान बिजुली बजारमा भेला भएर सो निषेधित क्षेत्र तोडन लागिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij