Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर

ललितपुरमा रसियाको उलान उदे शहरका मेयर

ललितपुरमा रसियाको उलान उदे शहरका मेयर

ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको उलान उदे शहरका नगर प्रमुख आफ्नो प्रतिनिधिमण्डल सहित आएका हुन् ।

  • काठमाडौँ । रसियाको उलान उदे शहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर आएका छन् । ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको उलान उदे शहरका नगर प्रमुख आफ्नो प्रतिनिधिमण्डल सहित आएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे । 

    AGNI GROUP

    ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिनाअघि उलान उदे शहर पुगेको स्मरण गर्दै दुई शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने बताए । उनले भने,कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ , ‘हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ डेढ महिनाअघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डल सहित रसिया गएका थिए । 

    उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई शहरबीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको प्रष्ट पारे । 

    महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे । ललितपुर महानगर प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रसियाको उदान उदे शहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट