Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

  • काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो ।

    AGNI GROUP

    पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

    प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो । 

    प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij