
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । पोखरा महानगरपालिका—२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको बस्नेतले बताए ।
बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij