Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

हवाई हमला

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

मृतक मध्ये २२ बालबालिका र १५ महिला परेका छन् ।

  • काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतक मध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौ जनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका छन् ।

    इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरू लाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबार देखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दा लाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij