ललितपुर । सदर चिडियाखानाभित्रबाट दुर्लभ रेडपान्डा चोरी हुनबाट जोगिएको छ । दुई युवाले रेडपान्डा चोरीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । ती युवाहरुले रेडपान्डा चोरी गर्ने प्रयास गरेका सीसीटीभी फुटेजमा देखिएको र ती युवाहरुको खोजी भइरहेको परिसरले जनाएको छ ।