Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गर्मीले पढाइ प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले नगरभरिका सामुदायिक विद्यालयमा पङ्खा जडान सुरु गरेको छ।
विद्यालयका प्रधानाध्यापक लाई कक्षाकोठाको सङ्ख्या अनुसार सिलिङ पङ्खा वितरण गरिएको मेयर महेश चौधरीले जानकारी दिए। पहिलो चरणमा ३३० थान पङ्खा वितरण गरिएको उनले बताए।
लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालयमा १७ वटा मावि र ४२ वटा आधारभूत विद्यालय रहेका छन्। कक्षाकोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ नै छाड्ने गरेको नगरपालिकाले जनाएको छ।
एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको मेयर चौधरीले बताए। पङ्खा नपुगेका विद्यालयमा पुनः वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij