Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जसनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५ निर्धारण गरिएको हो ।
यसैगरी आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३६, गाँजर लोकल प्रतिकिलो रु ४०, गाजर तराई प्रतिकिलो रु २०, बन्दा लोकल प्रतिकिलो रु १०, काउली स्थानीय प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु २०, मूला सेतो लोकल प्रतिकिलो रु १५, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडीको मूल्य प्रतिकिलो रु ६०, मकै बोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी लोकल प्रतिकिलो रु ३०, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु १०, परबर लोकल प्रतिकिलो रु ५०, परबर तराई प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो लाम्चो प्रतिकिलो रु ४०, हरियो फर्सी डल्लो प्रतिकिलो रु १५, भिण्डी प्रतिकिलो रु २० निर्धारण गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो रु ९०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु २०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ४०, च्याउ कन्य प्रतिकिलो रु १८०, च्याउ डल्लो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु २०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ५५, सजीवन प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५५, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ३०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु २४०, केरा दर्जन रु १४०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३००, अङ्गुर हरियो प्रतिकिलो रु १८०, अङ्गुर (कालो) प्रतिकिलो रु ३००, भारतीय सुन्तला रु १२०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो लोकल प्रतिकिलो रु ४०, काँक्रो हाइब्रिड प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती चाइनिज प्रतिकिलो रु २४०, मेवा नेपाली प्रतिकिलो रु ४०, मेवा भारतीय प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, आभोकाडो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij