
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्धन गर्ने उद्देश्यले तीन-दिने ‘अहिंसा महोत्सव नेपाल २०८२’को घोषणा गरेको छ ।
यो महोत्सव २०८२ भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५) सम्म प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबमा सबैका लागि निःशुल्क प्रवेश सहित आयोजना गरिनेछ।
‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने यस महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली अपनाउन प्रेरित गर्नेछ । अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित यस महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको छ ।
महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवनपद्धति, शाकाहारी जीवनशैली र पशु अधिकार सम्बन्धी अन्तरक्रियास फ्ल्याश मबस साङ्गीतिक प्रस्तुतिस योग सत्रस देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् ।
अपेक्षित ३०,००० भन्दा बढी सहभागी र ५०,००० भन्दा बढी दर्शकको उपस्थिति रहने यस महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij