
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्याण्ड भने च्याम्पियन बनेको छ ।
थाइल्याण्डले दिएको १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनायो ।
नेपालका लागि कविता कुँवरले २४, राजमती ऐरीले २० र रुबिना क्षेत्रीले १२ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ विकेट लिइन् । थिपाचा पुथावाङ्गले ३ विकेट लिइन् ।
पहिले ब्याटिङ गरेको थाइल्याण्डले पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij