Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

पानीमा डुबेर दूई बालकको मृत्यु

पानीमा डुबेर दूई बालकको मृत्यु

  • काठमाडौं । धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षिय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन् ।

    images

    मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यू भएको धनुषा प्रहरीको भनाई छ ।

    images

    घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो । सो क्रममा दुबै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij