Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

  • काठमाडौं । कर्नाटकमा भाजपा सांसद मुनीरत्न र उनका सहयोगीहरू विरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता गरिएको छ । एफआईआरमा ४० वर्षीया पीडितले उनीहरूमाथि सामूहिक बलात्कार गरेको, उनको अनुहारमा पिसाब फेरेको र घातक भाइरसको सुई लगाएको आरोप लगाएकी छिन् । प्रहरीले बुधबार यो जानकारी दिएको हो ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आरएमसी यार्ड प्रहरी चौकीमा पीडितको उजुरीको आधारमा भाजपा सांसद र उनका सहयोगीहरू विरुद्ध एफआईआर दर्ता गरिएको छ । आफूलाई भाजपा कार्यकर्ता बताउने पीडित महिलाले आफ्नो उजुरीमा आरोप लगाएअनुसार घटना जुन ११, २०२३ मा मठीकेरेस्थित विधायकको कार्यालयमा भएको थियो ।

    images

    उजुरीकर्ताका अनुसार सांसदका सहयोगीहरूले उनलाई कारमा सांसदको कार्यालयमा लगेका थिए ।

    images

    घटनामा संलग्न विधायकका तीन सहयोगीहरूको नाम एफआईआरमा दर्ता गरिएको छ भने चौथो अभियुक्तको पहिचान अज्ञात छ । पीडित महिलाका अनुसार कार्यालय पुगेपछि उनले अस्वीकार गर्दा पनि विधायकले आफ्ना दुई साथीहरूसँग मिलेर उनको लुगा फुकालेका थिए र सहयोग नगरेमा उनको छोरालाई मार्ने धम्की पनि दिएका थिए । एफआईआरमा मुनिरत्नले दुई जना पुरुषहरूलाई बलात्कार गर्न निर्देशन दिएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij