
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । शनिबार राति रुसले गरेको आक्रमणमा परी युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पश्चिमी क्षेत्रमा चार, किभ क्षेत्रमा तीन र माइक्लेभामा एक जनाको मृत्यु भएको बताइएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले पठाएका ९५ वटा ड्रोनलाई खसालिएको वा रोकिएको छ । मस्कोका विमानस्थलमा हवाई उडानसमेत रोक्नुपरेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए । हाल रुसको कब्जामा युक्रेनको २० प्रतिशत भूभाग छ, जसमा क्रिमिया पनि समावेश छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij