
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एकजना मजदुर घाइते भएका छन् ।
भक्तपुरको जगाति-साँगा खण्ड र साँगा-धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका-१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।
बर्दिया घर भई हाल सूर्यविनायक-९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सडक निर्माणमा भएको ढिलाइ, साँझापख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठूलो भिर रहेकाले मजदुरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij