Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अनुगमन

स्याङ्जाका औषधी पसलमा अनुगमन

स्याङ्जाका औषधी पसलमा अनुगमन

औषधी पसल संचालकले स्वास्थ्य मापदण्ड अनुसार संचालन गरे नगरेको बिषय सगै म्याद सकिएका औषधीका बिषयमा अनुगमन गरेको छ ।

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधी पसलहरुमा बजार अनुगमन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाको संयोजकत्वमा जिल्लाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको हो । औषधी पसल संचालकले स्वास्थ्य मापदण्ड अनुसार संचालन गरे नगरेको बिषय सगै म्याद सकिएका औषधीका बिषयमा अनुगमन गरेको छ ।

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका स्वास्थ्यकर्मी सहित पर्यटन उद्योग कार्यालय, उपभोक्ता मन्च, पत्रकार महासंघ, प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र सम्वन्धित पालिकाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागितामा औषधी पसल सहित अन्य पसलहरु पनि अनुगमन गरिएको थियो ।

    बजार अनुगमनका क्रममा भीरकोट नगरपालिकाको बयरघारी बजारमा औषधी पसलहरुमा टोलीले अनुगमन गरेको छ । भीरकोटमा संचालनमा रहेका ४ ओटा औषधी पसलहरु अनुगमन गर्दा केही पसलहरुले स्वास्थ्य मापदण्ड विपरीत कार्य गरिएको भेटिएको अनुगमन टोलीका संयोजक सहायक प्रजिअ पौडेलले बताए ।

    ३ ओटा औषधी पसलहरुलाई जरिवाना तोकिएको र १ औषधी पसललाई सचेत गराइएको पौडेलको भनाई छ । औषधी पसलले एकबर्ष अगाडी दिएको सुझाव अनुसार केही सुधार गरेपनि म्याद सकिएका औषधी बिक्रिका लागि राखिएको भेटिएपछि जरिवाना तोकिएको टोलीले जनाएको छ । ५ हजारका दरले दुई औषधी पसल र ६ हजार जरिवाना गरी ३ ओटा औषधी पसललाई १६ हजार जरिवाना तोकिएको पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij