
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट साँझ ५ बजे ल्याउने भएको छ।
आज साढे १ बजे बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका थिए।
आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन्।
साँझ ५ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij