
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक केहि बेरअघि सिंहदरबारमा सुरू भएको हो ।
बैठकले यसअघि मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले तय गरेका संसदको आगामी दिनका क्यालेन्डरलाई पारित गर्ने बताइएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
संवैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरूले बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिए पनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij