
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ । यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो ।
गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भित्रिएसँगै कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij