Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

कोभिड–१९

भारतमा कोभिडका ६ हजार सक्रिय संक्रमित,६ जनाको मृत्यु

भारतमा कोभिडका ६ हजार सक्रिय संक्रमित,६ जनाको मृत्यु

  • काठमाडौं । भारतमा सक्रिय कोभिड–१९ का संक्रमितको संख्या ६ हजार नाघेको छ । भारतमा हाल ६ हजार १३३ सक्रिय केस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन् ।

    images
    images
    images

    केरलामा १४४, गुजरातमा १०५ र पश्चिम बंगालमा ७१ नयाँ केस रेकर्ड गरिएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । जसमा कर्नाटकबाट दुई, केरलाबाट तीन र तमिलनाडुबाट एक जनाको मृत्यु भएको हो।

    images

    अन्य स्वास्थ्य समस्या पनि भएका ४६ र ७८ वर्षका कर्नाटकका दुई उपचाररत पुरुषको निधन भएको हो । दुवैमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

    १ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७५३ जना कोभिड–१९ बाट निको भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij