
Jun 09 2025 | २०८२, जेठ २६ गते
ललितपुर । ललितपुर कुपण्डोलमा बस र कार दुर्घटनामा परेको छ । सोमबार बिहान ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् । बागमती प्रदेश ०१–०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किएर दुर्घटनामा परेका हुन् । बसको ठक्करबाट कार चालक घाइते भएकी छिन् ।
दुर्घटनाबाट कारमा रहेकी चालक रचना बाँस्कोटा घाइते छिन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij