Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको तरकारी र फलफूलको थोक मूल्य

आजको तरकारी र फलफूलको थोक मूल्य

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ११० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ८० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४२ रुपैयाँ निर्धारण गरिएको छ ।

    AGNI GROUP

    अन्य तरकारीहरूमा गाजर (लोकल) ७० रुपैयाँ, तराईको गाजर ५० रुपैयाँ, बन्दा (लोकल) २२ रुपैयाँ, काउली (स्थानीय) ७० रुपैयाँ, मूला सेतो (हाइव्रिड)  ३५ रुपैयाँ, मुला सेतो (लोकल) ३४ रुपैयाँ र भन्टा लाम्चो ३० रुपैयाँ र भान्टा डल्लो ४० रुपैयाँ किलो रहेको छ ।

    तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ७० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ५०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, भटमासकोशा १४० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ । तीतो करेला ५५ रुपैयाँ, लौका ५० रुपैयाँ, लोकल परवर प्रतिकिलो ५५ रुपैयाँ, तराईको परवर ५५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५० रुपैयाँ, र भिण्डी ४०, पिंडालू १२० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ किलो मूल्य निर्धारण गरिएको छ ।

    त्यस्तै झिगुनी प्रतिकिलो ६० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३८ रुपैयाँ, डल्लो हरीयो फर्सी ३० रुपैयाँ, स्कुस ७५ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

    रायोसाग ४० रुपैयाँ, पालुङ्गो साग ४५ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, र कुरिलो ३०० रुपैयाँ किलो रहेको छ ।

    निउरो प्रतिकिलो ३० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ७०, जिरीको साग १०० रुपैयाँ, ग्याठ कोबी ६० रुपैयाँ, सेलरी १२०, सौफको साग १०० रुपैयाँ, पुदिना ११०, गान्टे मुला ५० रुपैयाँ, इमली, १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

    फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १७० रुपैयाँ, अनार ३५० पैयाँ, र आँप (मालदह) ६५ रुपैयाँ, आँप (दसहरी) ७५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०, तरबुजा (हरियो) ४० रुपैयाँ,  मौसम २०० रुपैयाँ, जुनार २५० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८०, रुख कटहर ६५ रुपैयाँ किलो र भारतीय मेवा ११० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १४० रुपैयाँ र लिची (भारतीय) २२० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

    अदुवा ११० रुपैयाँ किलो, खुर्सानी सुकेको ४२० रुपैयाँ, खुर्सानी हरीयो ४०, बुलेट खुर्सानी ४० रुपैयाँ, माछे खुर्सानी ५५ रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी १०० रुपैयाँ, हरीयो धनियाँ ४० रुपैयाँ, चाइनीज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८० रुपैयाँ, छ्यापी सुकेको २००, छयापी हरीयो १२० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

    त्यसैगरी ताजामाछा रहु ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ, ३००, सिताके च्याउ ९०० रुपैयाँ किलो निर्धारण भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij