
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव २८ अङ्कले घटेर दुई हजार ६ सय ६४ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।
आज तीन सय सात कम्पनीको दुइ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा नाै अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ बराबरको कारोबार भएको हो ।
६१ करोड ५७ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र बुटवल पावर कम्पनी परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij