Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बैठक

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो ।

  • काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मेयर र उपमेयरबीच तीन महिनापछि भएको भेटवार्तापछि कार्यपालिका बैठक बोलाउने सहमति भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।

    AGNI GROUP

    राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो । बैठकको मिति तय नभएको तर छिटै बैठक बोलाउने सहमति भएको मानन्धरले बताउनुभयो ।

    मेयर–उपमेयरबीच गएको पुसदेखि नै खटपट शुरू भएकोमा पछिल्लो तीन महिनामा भने भेट नै भएको थिएन । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयर, प्रवक्ताबीचको दुरी बढेको थियो ।

    काठमाण्डौ महानगरमा गएको पुस ८ गतेपछि कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा असार मसान्तभित्र ल्याउनुपर्ने महानगरको बजेट नै अन्योलमा परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij