Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्ना स्थलमै मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij