Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

मिश्र र राणा फरार, पक्राउ पुर्जी जारी हुँदै

मिश्र र राणा फरार, पक्राउ पुर्जी जारी हुँदै

  • काठमाडौं । अदालतमा बयानका लागि अनुपस्थित रहेका रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपचार गर्न हाजिर जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो । 

    AGNI GROUP

    चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा दूर्गा प्रसाई लगायतका सात जनालाई बिहीबार राति पुर्पक्षका लागि थुनाका पठाएपछि उनीहरूका विरुद्ध पक्राउ पुर्जी जारी गर्न लागिएको अदालत स्रोतले जनाएको छ ।

    अदालतको नजरमा मिश्र र राणा फरार रहेका छन् । उनीहरू सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन् । जमानी बस्ने कानुन व्यवसायीहरूले जरिवना तिरिसक्दा पनि उनीहरू अदालतमा हाजिर भएका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij