
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप-महानगरपालिका– १ प्रगतिटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
उपरीक्षक घर्तीका अनुसार उनको साथबाट १०६ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पासीले सेतो प्लास्टिकमा बेरिराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो ।
आइतबार पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij