Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

  • काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका -९ का १९ वर्षीय अर्जुन रोकायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय होटल तथा पसलहरूमा म प्रहरी सहायक निरीक्षक हुँ भन्दै उधारो खाँदै गरेको सूचनाको आधारमा प्रहरीले रोकायलाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी सहायक निरीक्षक भन्दै ठाकुरबाबा नगरपालिकामा उधारो खाँदै ठगी गर्दै हिँडेका रोकायलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज प्रहरी संगठनमा आवद्ध नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए । 

    AGNI GROUP

    रोकायले झुठा तथा काल्पनिक पद सिर्जना गरी स्थानीयलाई दुःख दिएको आधारमा निजलाई पक्राउ गरी प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए । उनले स्थानीयलाई हैरानी दिँदै आएको प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij