Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

३१ दिन हिडेरै बालुवाटार, भेट्न भने तिरस्कार

३१ दिन हिडेरै बालुवाटार, भेट्न भने तिरस्कार

  • काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरालाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन ।

    images
    images
    images

    मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।

    images

    त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् ।

    उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।

    अनियमितता र भ्रष्ट्राचारविरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए ।

    images

    उनी कर्णालीका मुद्दाहरू एवं अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij