Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

पाण्डेको मुद्दाको पेसी मिति तय

पाण्डेको मुद्दाको पेसी मिति तय

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनमा बुधबारका लागि पेसी तोकिएको छ ।

    images
    images
    images

    पाण्डेको मुद्दा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको अदालतकी प्रवक्ता पार्वती हितानले नेपालभ्युजलाई जानकारी दिइन् ।

    images

    कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । पाण्डेले आफूमाथि कारबाही गरेको आरोप लगाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

    पाण्डेले कामपा, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ, महानगरीय प्रहरी बल, हालका कामपा प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij