Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागिपरेको बताएका छन्। आज स्थानीय तहहरूमा तीन सय ९६ अस्पताल शिलान्यास गर्न लागिएको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए।
‘स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनेतर्फ केन्द्रीत भएर आज देशका तीन सय ९६ वटा पालिकामा अस्पताल शिलान्यास गरिँदैछ,’ उनले भने।उनले यो कुरा सोमबार रूपन्देही उद्योग संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा भर्चुअल सम्बोधनमा भनेका हुन्।
पौडेलले आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा रूपन्देही स्थापित हुने पनि बताएका छन्। नेपाली उद्योगी तथा व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको विकास, विद्युत डिमाण्ड शुल्क, ट्रन्कलाइनलगायतको समस्या प्रति आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए।
संघका अध्यक्ष बाबुराम बोहोराले औद्योगीक क्षेत्रको अभावमा महँगो जग्गा लिएर उद्योग संचालन गरेका उद्योगीलाई प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए। कार्यक्रममा संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij