Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

यी हुन् नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरू

यी हुन् नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरू

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ ।

    images
    images
    images

    यो गत आवको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । त्यसबेला १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

    images

    चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा सबैभन्दा बढी सोयाबिन तेलको निर्यात भएको छ । यस अवधिमा ४४ करोड २६ लाख ५१ हजार बढी केजीको ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सोयविन तेल निर्यात भएको हो ।

    त्यस्तै, ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात हुँदा ७ अर्ब १९ करोड रकम बराबरको अलैँची निर्यात भएको छ । यो अवधिमा ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट पनि निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५ अर्ब १३ करोड मूल्य बराबरको रकमको रोल्ड आइरन तथा स्टील, ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन, ४ अर्ब ९४ करोड ३३ लाख रकमको मिक्स जुस, ५ अर्ब ७० करोड रुपैयाँ बराबरको धागो निर्यात भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij