
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाईफर्मममा एक जना युवती मृत भेटिएकी छन् ।
मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाईफर्ममा काम गर्न थालेकी थिइन् ।
गाईफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij