
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन् ।
जिल्लाको शितगंगा नगरपालिका-६ पाखापानी निवासी ४२ वर्षीय बिष्णुबहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बन्चरो प्रहारबाट घाइते भाइको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । बिहीबार साँझ दुई भाइबिच विवाद हुँदा घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
हत्या गरेर फरार भएका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij