Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, पाँच आरोपी पक्राउ

११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, पाँच आरोपी पक्राउ

  • काठमाडौं । ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो ।

    images
    images
    images

    असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेको प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको देखाएको थियो ।

    images

    सोही आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो ।

    कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो ।

    उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij