
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौं । मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस भएको थियो । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी रहेको मापन केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij