Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ध्यानाकर्षण

स्वास्थ्य सेवालाई परिणामुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत

स्वास्थ्य सेवालाई परिणामुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नागरिकले पाउने स्वास्थ्य सेवालाई प्रक्रियामुखी भन्दा परिणामुखी बनाउनुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बस्नेतले नागरिकहरु प्रक्रियामुखी कार्यमा अलमलिनुपरेको भन्दै अस्पतालबाट पाउने सेवा, सुविधालाई व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

    AGNI GROUP

    बस्नेतले भने, ‘मानिसलाई हरेक रोगसँग लड्नका लागि अस्पतालको सहारा चाहिन्छ । यस्तो संवेदनशील क्षेत्रको व्यवस्थापन अत्यासलाग्दो र झण्झटीलो प्रक्रियाले जेलिएको छ । सर्वसाधारणको स्वास्थ्य उपचारको भरोसा मानिएका सरकारी अस्पताल आफैं बिरामी जस्तो देखिन्छन् ।’

    सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौदेखि नेपाली जनताले भोग्दै आएको पींडा जस्ताको तस्तै रहेको उनको भनाइ छ ।

    उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij