Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंक जमानत फुकुवा गर्न वाणिज्य बैंकहरुलाई भन्सार विभागको पत्र

बैंक जमानत फुकुवा गर्न वाणिज्य बैंकहरुलाई भन्सार विभागको पत्र

  • काठमाडौं । भन्सार विभागले बैंक जमानत फुकुवा गर्न वाणिज्य बैंकहरूलाई परिपत्र गरेको छ। अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात)मा संलग्न कम्पनीहरूको जमानत फुकुवा गर्न वाणिज्य बैंकहरूलाई पत्राचार गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भन्सार विभागका अनुसार आयात–निर्यात संकेत नम्बर (एक्जिम कोड) अन्तर्राष्ट्रिय व्यापार गर्न आवश्यक इजाजतपत्र (लाइसेन्स) हो। यसअघि एक्जिम कोड नवीकरणका क्रममा तोकिएकाबाहेक सम्बद्ध कम्पनीहरूसँग आयातमा तीन लाख रुपैयाँ जमानत राख्नुपर्ने व्यवस्था थियो। अब त्यस्तो जमानत राख्नु नपर्ने गरी व्यवस्था गर्न लागिएको हो ।

    AGNI GROUP

    भन्सारका शाखा अधिकृत प्रेमप्रसाद सुवेदीका अनुसार बैंक जमानत सम्बन्धी व्यवस्था भन्सार नियमावली हटाइएको छ । बैंकहरुमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर लिने प्रयोजनार्थ राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न विभागले पत्राचार गरेको उनले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट