
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । महालेखापरीक्षकको कार्यालयमा कार्यरत नायव महालेखापरीक्षक नारायण एमसी उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) मा बढुवा भएका छन ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महालेखापरीक्षककको कार्यालयमा रिक्त रहेको एक उप–महालेखापरीक्षकमा उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।
उपमहालेखापरीक्षक बामदेव शर्मा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो । बढुवा समितिको बैठकले नारायण एमसीसहित घनश्याम पराजुली र इन्द्रप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । एमसी अर्थ, राजस्व तथा कार्यमूलक लेखापरीक्षण विभागमा प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, लुम्बिनी प्रदेश हेर्दै आएका थिए ।
महालेखापरीक्षकको कार्यालयमा ४ जना उप–महालेखापरीक्षकको दरबन्दी रहेको छ । जसमा अहिले बिन्दु बिष्ट, पदमराज पौडेल, र वैकुण्ठबहादुर अधिकारी कार्यरत रहेका छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij