Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

रसुवा

बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट उत्पादन प्रभावित

बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट उत्पादन प्रभावित

बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति भएको छ ।

  • काठमाडौं । रसुवा स्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको छ । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर रहेका छन् ।

    images
    images
    images

    बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यस आयोजनाको बाँधको गेट बगाएको उनले जानकारी दिए ।

    images

    ‘बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति भएको छ । सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा भएको छ । अन्यमा सामान्य क्षति भएको छ’, उनले अगाडी भने, ‘यी जलविद्युत आयोजनाहरूमा मानवीय क्षति भने भएको छैन ।’

    उनका अनुसार त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ ।

    रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij