
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं। थापाथली पुलमुनि एक जना मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-११ थापाथली पुलमुनि सोही महानगरपालिका-११ सुकुम्बासी बस्तीमा बस्ने ३५ वर्षीय हरि राई मृत्य फेला परेका हुन्।
उनलाई प्रहरीले मंगलबार मृत अवस्थामा फेला पारेको हो।
उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij