Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

ललितपुर हरिसिद्धिमा लुटपाट !

ललितपुर हरिसिद्धिमा लुटपाट !

  • ललितपुर । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा मध्यराति नकावधारी समूहले घरमा प्रवेश गरी सुनका गहना र नगद लुटपाट गरेका छन् । असार २२ गते राति १ बजेतिर हरिसिद्धिस्थित होसना इँट्टाभट्टा नजिकै रहेको ५० वर्षीया रजनी महर्जनको एकतले घरमा नकाब लगाएका चार जना युवाले कौसीको ढोका फोडेर प्रवेश गरेका थिए ।

    images
    images
    images

    घरमा रजनी महर्जन र उनकी ३० वर्षीया छोरी रविना महर्जन मात्र रहेका बेला लुटपाट भएको हो । उनीहरूले धारिलो हतियार देखाई डरत्रास देखाउँदै करिब ५० हजार रुपैयाँ नगद र एक तोला सुनका गहना लुटेर फरार भएको पीडित परिवारले जनाएको छ ।

    images

    लुटिएको गहनामा एक जोर सुनको टप र एक थान तिलहरी रहेको बताइएको छ । घटनाको जानकारी पाएपछि राति २ बजेर १० मिनेटमा प्रहरी प्रभाग हरिसिद्धीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

    जोशीका अनुसार घटनामा संलग्न आशंकामा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा निगरानी गरिँदैछ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij