
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । ललितपुरको कुपण्डोल सडकमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित सडकमा बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij