Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

वार्षिक साधारण सभा बैठक

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरु सहितको ६३ औँ ग्रेस लिष्ट पारित गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदार प्रसाद रिजाल द्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।

    images

    बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्व विद्यालय लाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे ।

    शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

    नवनियुक्त उपकुलपति प्रा.डा.दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार)  विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij