
Jul 11 2025 | २०८२, असार २७ गते
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।
उनकाअनुसार प्रतिवेदनमा बेरुजु फर्छ्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij