Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

  • काठमाडौं । बर्दियाको गुलरियामा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    गुलरिया नगरपालिका–५ स्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहले चलाएको युपी ४० बीबी १६२९ नम्बरको भारतीय मोटरसाइकल सुहेलवाबाट राधाकृष्ण चोकतर्फ जाँदै गर्दा दिउँसो करिब २:३० बजे अनियन्त्रित भएको थियो। सडक छेउको पोलमा ठोक्किँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

    घटना लगत्तै प्रहरीले घाइते सिंहलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याएको थियो। जिल्ला प्रहरी कार्यालय, गुलरियाका डीएसपी चक्रबहादुर डमरपालका अनुसार उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा चिकित्सकले सिंहलाई मृत घोषणा गरेका हुन्।

    प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८, कोठियास्थित पञ्जाब डिजेल वर्कसपमा ट्याक्टर मर्मत गर्ने मिस्त्रीको रूपमा कार्यरत रहेको खुलेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij