
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । ठगी मुद्दामा फरार काठमाडौं महानगर- ३ घर भई तारकेश्वर नगरपालिका- ५ गोल्डढुंगा बस्ने ४६ वर्षीय केदार अर्याल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएअनुसार ११ महिनाभन्दा बढी कैद सजाय र २ करोड ७० लाख ८६ हजार भन्दा बढी रकम बिगो तथा जरिबाना भएको ठगी मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् ।
उनीविरुद्ध रमेशकुमार कार्कीको जाहेरीले मुद्दा चलेको थियो । अर्यालविरुद्धका ५ वटा मुद्दामा जिल्ला अदालतले ११ महिना ८ दिन कैद र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij