
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । इटहरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका २ जना बालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक दुवै जना ९ वर्षका छन् । इटहरी उप-महानगरपालिका–३ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर दिउँसो ३ बजेतिर बालकहरु घाइते भएका थिए ।
गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएका इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छन् ।
उनीहरुको उद्वार गरि उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुग्न अघि नै उनीहरुको मृत्यू भएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij